चाहिने बिशेषताहरु
・नेपालमा स्टाफ नर्स को लाइसेन्स लिएकाहरू
・आवेदकको उमेर 30 वर्ष भन्दा कम भएका व्यक्तिहरू
・ शारीरिक र मानसिक रूपमा स्वस्थ व्यक्तिहरू
・ स्पोनसर गरेको कम्पनीमा ३ वर्षभन्दा बढी काम गर्न सक्नेहरू
नर्सिङ केयरगीभर क्षेत्र
नर्सिङ केयर जापानको एक महत्वपूर्ण क्षेत्र हो । अहिले एकदमै
बढ्दो कार्य क्षेत्रको रुपमा बिकसित भैरहेको छ । कम्पनिहरु ले
धैरै कुरामा सुधार गरी कामदारहरुको आपूर्ति गर्दै आइरहेको छ ।
यस कार्यक्रम मार्फत, तपाइँले नर्सिङ केयर क्षेत्रमा एक अन्तर्राष्ट्रिय स्तरको अनुभव प्रात गर्न सक्नुहुन्छ। तपाई संसार को जूनकुनै कुनामा
पनि आफ्नो अनुभव प्रर्योग गरी काम गर्न सक्नुहुन्छ।
कोर्स को बारेमा
जापानमा जागिर पाउन जापानी भाषा चाहिन्छ।
जापानी भाषा सिक्नको लागि,पहिले ICLC जापानी भाषा बिद्यालयमा भर्ना हुनु पर्दछ।
स्कुल पढ्दा पढ्दै पनि पार्टटाइम जब गर्न सक्नुहुन्छ ।
जापानीभाषा अध्ययन पूरा गरेपछि, पूरा समय काम गर्नु पर्दछ ।
कम्पनि को कर्मचारी
नाम : सोनी
नाम : सुजाता
जापानिज भाषा अध्ययन गर्दै पार्टटाइम काम पनि गर्दैछौ ।
कोर्स को आकर्षण
बिदेश को अध्ययन देखि रोजगारी सम्म
स्पोनसर कम्पनीमा काम सुरू
(भिजा को स्थिति: निर्दिष्ट दक्ष कामदार नम्बर 1 हेरचाहकर्ता)
फुलटाइम जब कर्मचारीको रूपमा काम गर्ने
ICLC भर्ना : 1 वर्ष
(भिजा को अवस्था: विद्यार्थी)
पार्टटाइम काम गर्दै जापानी भाषा पढ्ने
समय तालिका
गर्नु पर्ने कार्य को समय
चाहिने सामग्री
२०२४ मार्च
पहिलो चरणमा (कागजात / अन्तर्वार्ता)
ICLCको पहिलो चरण पास गर्ने विद्यार्थीहरू लाई
स्थानीय जापानी भाषा स्कूलमा भर्ना गराई अध्ययन सुरु गराउने।
२०२४ अप्रिल
दोस्रो चरण को (अन्तर्वार्ता)
दोस्रो चरण पछि, विद्यार्थी भिसा आवेदनको लागि तयारी सुरु गर्ने ।
*परीक्षा पास गरेपछि, तपाईंले स्क्रीनिङ शुल्क तिर्नु पर्ने हुन्छ र मेडिकल जाँच गराउनुपर्छ।
२०२४ जुन
विद्यार्थी भिसा आवेदन कागजातहरू अध्यागमन कार्यालयमा पेश गर्ने
२०२४ सेप्टेम्बर
विद्यार्थी भिसा जारी गर्ने निर्णय
जापान आउनुअघि अर्को मेडिकल जाँच गराउनुपर्ने हुन्छ ।
२०२४ अक्टोबर
स्टुडेन्टको रुपमा जापान प्रवेश
ICLC मा प्रवेश गरेपछि चिकित्सा परीक्षण, निवासी दर्ता, बैंक खाता खोल्ने र मोबाइल फोन जस्ता विभिन्न प्रक्रियाहरू गरिन्छ।
२०२४ नोभेम्बर पछि
पार्टटाइम काम को सुरुवात
२०२५ अक्टोबर
स्पोन्सर गरेको कम्पनीमा काम को सुरुवात (विशिष्ट सीपहरू)
ट्यूशन फी र भुक्तानी गर्ने विधि
ट्यूशन र विद्यार्थी छात्रावास शुल्क
सामान्यतया, स्पोन्सर कम्पनीबाट ऋण एक वर्षको ट्युसनको लागि मात्र हो, र विद्यार्थी आफैले छात्रावासको शुल्क भुक्तानि गर्नु पर्दछ ।
यद्यपि, यदि विद्यार्थी आफैंले अनुरोध गरेमा पैसा उधारो लिन सम्भव छ, जस्तै फी तिर्न गाह्रो भयको बेला।
कृपया ICLC ट्यूशन फी र विद्यार्थी छात्रावास शुल्कहरूको लागि निम्न सामग्रीहरू हेर्नुहोस्।
कृपया तलको फारम प्रयोग गरेर आवेदन दिनुहोस्। (२०२४ को ०१ मार्च सम्म)